ग्यास व्यवसायी संघको अध्यक्षमा मुडवरी
हेटौंडा- मकवानपुर ग्यास व्यवसायी संघको अध्यक्षमा केशव मुडवरी चयन भएका छन् । शनिबार भएको संघको ११ औँ वार्षिक साधारणसभा तथा पाचौँ अधिवेशनबाट मुडवरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।संघको उपाध्यक्षमा नवीन लामा, सचिवमा मदनकुमार न्यौपाने, कोषाध्यक्षमा कृष्णबहादुर ढुंगाना चयन भए । यसैगरी सदस्यमा रमेशप्रसाद कँडेल, रुपक वस्ताकोटी, कृष्ण मोक्तान, सञ्जय शौनियार, गोपाल श्रेष्ठ, सुदर्शन सुवेदी, राधाकृष्ण पराजुली, उत्तम पण्डित, अजय दंगाल, जीतबहादुर सारुमगर चयन भएका छन् । मकवानपुर ग्यास व्यवसायी संघका अध्यक्ष दिलिसगोविन्द जोशीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल एलपी ग्यास उद्योग संघमा नवनिर्वाचित अध्यक्ष शिवप्रसाद घिमिरे, व्यवसायी कृष्णबहादुर ढुंगाना, पत्रकार सुजन ढकाल, साहारा ग्यास र बाबा ग्यास उद्योगलाई सम्मान गरिएको
थियो । ग्यास व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष विनोदमान श्रेष्ठ, ग्यास विक्रेता महासंघका पूर्वअध्यक्ष महेश्वर श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, संघका वस्तुगत उपाध्यक्ष राजु अधिकारी, संघका उपाध्यक्ष प्रमोदसिंह रानाभाट, होटल एसोसिएसन अफ मकवानपुरका उपाध्यक्ष कल्याण पौडेललगायतको आतिथ्यता रहेको थियो ।







