केसीलाई ह्वीलचियर सहयोग
हेटौंडा- सहयोगी मन नेपालले हेटौंडा उपमहानगरपालिका वडा–२ निवासी कृष्ण केसीलाई ह्वीलचियर सहयोग गरेको छ ।पक्षघात पीडित ५० वर्र्षीय केसीलाई शनिबार उनकै निवासमा पुगेर ह्वीलचियर सहयोग गरिएको संस्थाका अध्यक्ष केदारप्रसाद चौलागाईले जानकारी दिए । उनले भने, ‘उहाँ पक्षघातले थलिनुभएको र घर बाहिर–भित्र गर्न सहज होस भनेर ह्वीलचियर सहयोग गरिदिन उहाँको परिवारले अनुरोध गर्नुभएपछि हामीले सहयोग उपलब्ध गराएका हौँ ।’,ह्वीलचियर हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव भीमसेन महतलगायतको सहभागिता रहेको थियो । सहयोगी मन नेपालले यसअघि पनि सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएको छ ।







