मनहरीमै पोष्टमार्टम सेवा दिन स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

साझाकुरा
२०८० आश्विन २१, आईतवार ११:२६

हेटौंडा-मनहरी गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र हालको मनहरी प्रस्तावित अस्पतालमै पोष्टपार्टम सेवाका साथ अन्य सेवा थप गर्नको लागि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराइएको छ ।स्वास्थ्यमन्त्री बस्नेत शनिबार हेटौंडा आएको अवसरमा मनहरी गाउँपालिका–७ नम्बर वडाध्यक्ष ठाकुराम तितुङसहितका मनहरीका अगुवाले अस्पतालको स्तरवृद्धिका साथै अन्य सेवा थप गर्न स्वास्थ्यमन्त्रीलार्ई आग्रह गरेका हुन् । मनहरी, कैलाश तथा राक्सिराङ गाउँपालिकामा भवितव्य भई मृत्यु भएकाहरुको पोष्टमार्टम गर्न हेटौंडा अस्पतालमै पु¥याउनुपर्ने बाध्यता रहेकाले मनहरी अस्पतालमै पोष्टमार्टम सेवा सञ्चालन गर्नसके सो भेगलाई सहज हुने कुरा स्वास्थ्यमन्त्रीलाई अवगत गराइएको थियो ।

अस्पताललाई आवश्यक पर्ने जनशक्ति र भौतिक पूर्वाधारको विकास गर्न आवश्यक बजेटको व्यवस्था गर्न पनि स्वास्थ्यमन्त्रीसमक्ष माग गरिएको थियो । मनहरी अस्पतालमा स्वास्थ्यबिमाका बिरामीको उपचार गराएको करिब एक करोड रुपैयाँ भुक्तानी पाउन ढिलाई भएको भन्दै स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराइएको थिया । ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रममा मनहरी निवासी बागमती प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका पूर्वअध्यक्ष नारायण सुबेदीलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*