हेटौंडामा बुवामाथि खुर्पा प्रहार, छोरा फरार
हेटौंडा-हेटौंडामा एक व्यक्तिले आफ्नै बाबुमाथि खुर्पा प्रहार गरेका छन् । हेटौंडा उपमहानगरपालिका–१३ मुस्कानटोलका ३५ बर्र्षीय दीपक मोक्तानले आफ्नै बाबु ६५ बर्र्षीय जीतबहादुर मोक्तानमाथि खुर्पा प्रहार गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।प्रहरीका अनुसार शुक्रबार बुवा छोराबीच घरायसीविवाद हुँदा दीपकले जीतबहादुरको काँधमा खुर्पा प्रहार गरेकाहुन् । जीतबहादुर घाइते भएका छन् । उनको उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । खुर्पा प्रहार गर्ने छोरा दीपक फरार रहेका छन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।







