मनहरीबाट ८ लाख नगद र लागूऔषधसहित ५ जना पक्राउ
हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुरले विशेष सूचनाको आधारमा ८ लाख नगद र ६ सय २ बोतल लागूऔषध कोडिन सहित पाँच जनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय मनहरीले मनहरी गाउँपालिका–६ नयाँबस्ती प्रतापपुरबाट उनीहरुलाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरीप्रमुख प्रहरीउपरीक्षक सीताराम रिजालले जानकारीदिए ।
कच्चीसडकमा प्रतापपुरबाट पूर्वपश्चिम लोकमार्गतर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकल र मोटरसाइकल पछि लाग्दै पैदल भारी बोकी आएका अन्य ४ जना मानिसलाई जाँच गर्दा भारीमा लुकाईछिपाई ल्याएको अवस्थामा लागुऔषध ६ सय २ बोतल कोडिन, २५ ग्राम लागूऔषध चरेश जस्तो देखिने पदार्थ र नगद ८ लाख फेला परेको प्रहरी उपरीक्षक रिजालले बताए ।
पक्राउ पर्नेमा कैलाश गाउँपालिका–८ घर भई मनहरी गाउँपालिका–६ बस्दै आएका विकास भन्ने कुमार मुक्तान, कैलाश–८ बस्ने रामबहादुर स्याङ्बो, मनहरी–४ बस्ने रामचन्द्र गोले र दालबहादुर मोक्तान, पर्सा ठोरी गाउँपालिका–८ बस्ने जीतबहादुर चापागाई रहेका छन् । मोटरसाइकलमा सवार कैलाशका कुमार मुक्तान २०७६ फागुनमा पनि लागुऔषध सहित पक्राउ गरी मुद्दा समेत चलेको
प्रहरीले जनाएको छ ।







