मञ्जुश्री साकोसको अध्यक्षमा तामाङ
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१४ बनेलधापमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः चन्द्रादेवी तामाङ चयन भएकी छन् ।शनिबार भएको साकोसको १६ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेसनबाट पुनः तामाङको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो । उपाध्यक्षमा बसन्ती थिङ, सचिवमा श्रीराम गोले तामाङ, कोषाध्यक्षमा विमला लामिछाने चयन भएका छन् । यसैगरी, संस्थाको सदस्यहरुमा कमला थिङ, पविता भण्डारी, विमला भोम्जन, दुर्गा गोले, सुजीता लामा रिमाल चयन भए ।
साधारणसभाले लेखा समितिको संयोजकमा श्रीमाया थिङ चयन गरेको छ । त्यस्तै, सदस्यहरुमा चमेली लामा र सावित्री धिमाल चयन भएको निर्वाचन समितिका संयोजक वीरेन्द्रप्रसाद ढुंगानाले जानकारी दिए । तामाङको नेतृत्वमा बनेको समितिले ४ वर्ष संस्थाको नेतृत्व गर्नेछ ।







