बढ्दो मानसिक रोगीको उपचार अब हेटौंडा अस्पतालमा
हेटौंडा- हेटौंडा अस्पतालमा आकस्मिक सेवा २५ शैया क्षमताको मनोचिकित्सा वार्ड सेवा र ओपिडि सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालमा मानसिक स्वास्थ्यउपचारका लागि मनोचिकित्सा वार्ड सञ्चालनमा आउने भएको हो । सोमवार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा हेटौंडा अस्पतालमा मंगलबार २५ शैयाको मनोचिकित्सा वार्ड सहित ओपीडि सेवा सुरुवात हुने जनाएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष डा.सुरेन्द्र शेरचनले तीनजना डाक्टर सहितको टोलीबाट मानसिक स्वास्थ्य उपचार गरिने बताएका छन्् । उनले मानवसेवा आश्रममा ३० शैया क्षमताको मानसिक स्वास्थ्य पुनस्थापना केन्द्र सञ्चालन रहेको जानकारी दिउका छन् ।
अस्पतालमा सेवा सुचारु पछि प्रतिष्ठानले मकवानपुरका सबै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई मनोसामाजिक, मानसिक स्वास्थ्य सम्बन्धी प्रयाप्त तालिम प्रदान गरिने बताए । सामुदायिक रुपमा फार्मेसी समेत सञ्चालन गर्दै स्थानीय तहमा मासिक एक दिन ओपीडी सेवा प्रदान गर्ने प्रतिष्ठानको लक्ष्य रहेको बताए । हेटौंडा अस्पतालमा अन्य विषयका साथै मानसिक रोग विशेषज्ञको २ देखि ५ बजेसम्म विस्तारित जोपीडी सेवा दिने योजना माथि छलफल भएको समेत जनाएको छ । त्यसैगरी प्रतिष्ठानले यही चालु आर्थिक वर्षबाट एमडी साइक्याट्रिक वा मानसिक रोग विशेषज्ञ तयार गर्ने शैक्षिक कार्यक्रम सञ्चालनमा आउने जानकारी दिएको छ । यसका लागि प्रतिष्ठान चिकित्सा शिक्षा आयोगबाट स्वीकृतिको लागि निरीक्षण गराउने क्रममा रहेको पनि शेरचनले बताए । उनका अनुसार जिल्ला सामुदायिक मानसिक स्वास्थ्य सेवा सञ्चालन पनि आउने जानकारी दिए । हालको लागि मकवानपुर जिल्लाको २ वटा गाउँपालिका केन्द्रमा महिनामा १ दिन ओपीडी सेवाप्रदान गरिने जनाएको छ ।
यसमा सामुदायिक फार्मेसी सेवा समेत सञ्चालनमा ल्याइने प्रतिष्ठानको योजना छ । आगामी आर्थिक वर्षमा भने मकवानपुरको १० वटै गाउँपालिका केन्द्रमा महिनामा १ पटक मानसिक रोग विशेषज्ञ सहितको टोलीले महिनामा १ दिन मानसिक स्वास्थ्य सेवा संचालनमा आउने जनाइएको छ । २०७२ सालको आम बिनाशकारी भुकम्प तथा विश्वब्यापी कोभिड–१९ को महामारीपछि मानसिक समस्या अत्यधिक बढेको छ । लागूऔषध दुव्र्यसनी र मादकपदार्थ अत्यधिक सेवनकाकारण पनि मानसिक समस्या बढी देखिएको छ ।
विविध कारणले गर्दा पुरुषलाई भन्दा बढी महिलालाई मानसिक समस्या देखिने गरेको छ । महिलालाई सामाजिक रुपमा विभेद, स्वतन्त्रताको अभाव र अधिकतम कामको जिम्मेवारी जस्ता बिषयले मानसिक समस्या निम्तिने गरेको छ । मानसिक बिरामीको संख्या बढ्दो क्रममा छ । मनोचिकित्सकका अनुसार सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो । प्रतिष्ठानले बृहत समष्ठिगत एकीकृत मानसिक स्वास्थ्यसेवा विकास गर्ने बताइएको छ । ‘सुरुमा मकवानपुर जिल्लामा र पछि वागमती प्रदेशको सम्पूर्ण जिल्लामा लागू गर्ने योजना छ,’ डा.शेरचनले भने, ‘यसरी नेपालको मौलिक परिस्थिति सापेक्ष नमूना मानसिक स्वास्थ्य सेवा पद्दति विकास गर्ने बृहत्तर उद्देश्य सहित अगाडि बढ्न प्रयत्नरत छौं ।’
प्रतिष्ठानको एजेण्डा मनोरोगिको उपचार र पुनस्र्थापना सेवामा सीमित मानसिक स्वास्थ्य सेवा पद्दतिको विकासमा मात्र संकुचित नभएको जनाएको छ । मानसिक स्वास्थ्यको प्रवद्र्धनमा ठोस पाइलाहरु चाल्नु महत्वपूर्ण विषय भएको हुनाले पनि आत्महत्या, दुबर््यसन, हिंसा, डर, भय, चिन्ता जस्ता आजको आधुनिक समाजको विद्यमान समस्याको समाधान आध्यात्मिक विकासको माध्यमद्वारा गर्न सकिने पनि जनाइएको छ । प्रतिष्ठानले मनोचिकित्सा वार्ड सेवा र ओपीडी सेवा सञ्चालनमा प्रदेश सरकार र स्वास्थ्य मन्त्रालय, हेटौंडा उपमहानगरपालिका, कोशिस नामक गैहसरकारी संस्था, मानवसेवा आश्रम जस्ता मानवसेवामा समर्पित संस्था तथा निकायसँग सहकार्य गरेर देशको लागि उदाहरणीय मानसिक स्वास्थ्य सेवा पद्दति विकास गर्न सबैसँग सहकार्य गर्ने जनाएको छ ।
हेटौडामा मानसिक स्वास्थ्य सेवाको अवस्था
बागमती प्रदेश सरकारको गौरव आयोजनाको रुपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा २०७६ सालमा स्थापित भएको हो । यसको मूल एजेण्डामा कुशल, दक्ष उच्चस्तरीय स्वास्थ्य जनशक्ति तयार गर्ने, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने र स्वास्थ्य क्षेत्रमा आवश्यक अनुसन्धान कार्यहरु गर्ने हो । हाल ४ वटा विषयमा स्नातक तह (नर्सिङ, जनस्वास्थ्य फार्मेसी, ल्याव) का कार्यक्रमहरु संचालनमा छन् भने १ वर्षे एनेस्थेसिया सहायक तालिम चालु आर्थिक वर्षमा नै संचालन हुँदै छ ।४ वटा विषयमा स्नातकोतर तहको विशेषज्ञ चिकित्सक तयार गर्ने शैक्षिक कार्यक्रमहरु आउँदैछन् । त्यसैगरी हेटौंडा अस्पतालको स्तरोन्तिमा यथेष्ट प्रयासहरु भएका छन् । तर, विगत २ वर्षदेखि हेटौडा अस्पताल रमदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नीतिगत अस्पष्टताको कारण प्रतिष्ठानले पूर्ण क्षमतामाकाम गर्न र गतिशील हुन कठिन भएको छ ।
फलस्वरुप हेटौडा अस्पतालमा मानसिक स्वास्थ्य सेवा स्थापना नहुनु विडम्बनापूर्ण मान्नु पर्दछ । स्थानीयस्तरमा पनि व्यवस्था हुनुपर्ने आधारभूत मानसिक स्वास्थ्य सेवा उपलब्ध हुने त कुरै भएन । हेटौंडास्थित मानवसेवा आश्रमले भने अतुलनीय मानवसेवा गरेर मानसिक स्वास्थ्य पुनस्थापनाको क्षेत्रमा गहकिलो योगदान पु¥याएको हुनाले शुन्य मानसिक स्वास्थ्य सेवा हुन परेको छैन ।पत्रकार सम्मेलनमा प्रतिष्ठानका डिन दुर्गा मिश्र खड्का, स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. खगेन्द्र गेलाल, शिक्षाध्यक्ष डा. सुरेन्द्र शेरचन, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजार, अस्पतालकारजिष्ट्रार राजेश प्रसाईं, मेसु डा.रामचन्द्र सापकोटालगायतको सहभागिता रहेको थियो ।







