दसैंको मुखमा स्थानीय तहका कर्मचारी आन्दोलित

साझाकुरा
२०८० आश्विन २३, मंगलवार ०९:११

हेटौंडा- पछिल्लो समय स्थानीयतहका कर्मचारीहरु आन्दोलनरत छन् । स्थानीय निकायमा कार्यरत कर्मचारीको मानमर्द भएको, ऐन विहिनताको अवस्था भएको भन्दै स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।गत असोज १९ गतेदेखि काठमाडौंस्थित माइतीघर मण्डलामा कर्मचारीहरुले प्रदर्शन गरीरहेका छन् । सोमबारदेखि मनहरी गाउँपालिकामा कार्यरत कर्मचारीले पनि अत्यावश्यक बाहेकका सबै सेवाहरु अनिश्चित कालका लागि बन्द गरेका छन् । सोमबार गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवप्रसाद खनाल र निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईलाइ आफ्नो मागसहितको ज्ञापनपत्र बुझाउँदै सेवा बन्दगराएका हुन् ।

उनीहरुले ‘पेन डाउन’ गरिएको घोषणा गरे । ११ बुँदे माग राख्दै सम्बोधन नभएसम्मका लागि सेवा ठप्प गरीने वडा नं ५ का सचिव विदुर पाठकले जानकारी दिए । ज्ञापनपत्र बुझ्दै कार्यवाहक अध्यक्ष खनालले कर्मचारीको अधिकारको लागि आफूले पनि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कर्मचारीले स्थानीय जनतालाई सेवा दिएकै कारण आफू जनप्रतिनिधि सफल भएकाले अत्यावश्यक सेवा नरोकिदिन उनले आग्रह समेत गरे ।यस्तै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्टराईले स्थानीय तहका कर्मचारीको जायज मागहरु पुरा हुनुपर्ने घरणा व्यक्त गरे । उनले भने, तपाईंहरुको विज्ञप्तीमा सवल र दुर्वल दुवै पक्षहरु छन् ।सरकारले उचित बिचार गरेर एकीकृत निजामति ऐन बनाउन आवश्यक छ । कर्मचारीले गाउँपालिका अगाडि कालो व्यानरमा आफ्नो मागहरु राखेर केहीबेर शान्तिपूर्ण ढंगले प्रदर्शन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*