मोटरसाइकलको ठक्करबाट घाइते पौडेलको मृत्यु

साझाकुरा
२०८० आश्विन २३, मंगलवार ०९:३०

हेटौंडा- मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका हेटौंडाका एक जना साइकलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ ।सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका हेटौंडा उपमहानगरपालिका–१७ का ५० वर्षीय धर्मराज पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । पौडेलको चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारकै क्रममा सोमबार उनको मृत्यु भएको मकवानपुरका प्रहरी नायबउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

डिएसपी भण्डारीकाअनुसार धरान–चतरा सडकखण्डअन्तर्गत हेटौंडा–१७ सानो गंगटेस्थित आइतबार साँझ हेटौंडा बजारबाट हात्तिसुडेतर्फ जाँदै गरेको ना ६ प ७१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री पौडेले गम्भीर घाइते भएका हुन् ।उनलाई तत्काल उद्दार गरी हेटौंडा अस्पतालमा ल्याएकोमा उपचार सम्भव नभएपछि आइतबार राति नै भरतपुर रिफर गरिएको थियो । पौडेललाई ठक्कर दिने मोटरसाइकल र चालक बकैया गाउँपालिका–१२ घलेगााउँका ३१ वर्षीय बलराम घलेलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायबउपरीक्षक भण्डारीले बताए ।
धरान–चतरा सडकखण्ड अन्तर्गत जिल्लाको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकाको झुरझुरेदेखि हटियासम्मको सडकखण्डमा दुर्घटना बढ्दो क्रममा छ । फराकिलो कालोपत्रे सडकमा तीव्र गतिले
सवारी चलाउँदा दुर्घटना पनि बढेको ट्राफिक प्रहरीको अनुसन्धानले देखाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*