आधुनिक महिला सहकारीको करोबार ६ करोड ३५ लाख

साझाकुरा
२०८० आश्विन २३, मंगलवार ०९:४४

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१२ पान्तलेमा रहेको आधुनिक महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन सोमबार भएको छ ।संस्थाका अध्यक्ष कमला केसीको सभाध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा भएको हो । सहकारीले विभिन्न विधामा सदस्यलाई सम्मान गरेको छ । असल ऋणीतर्फ मिलिजुली महिला समूहका मञ्जु थिङ, वरपिपल महिला समूहका लक्ष्मीदेवी पाख्रिन, नियमित बचततर्फ मितेरी महिला समूहका गीता नेपाल, बीचरोड महिला समूहका बिनु थोकरलाई पुरस्कृत गरिएको थियो ।

यसैगरी, ज्येष्ठ सदस्यतर्फ शान्ता बस्नेत, वीरमाया घलान, असल समूहतर्फ डाँफे महिला समूह, सक्षम महिला समूहलाई सम्मान गरिएको थियो । त्यस्तै, खुत्रुके बचततर्फ आरभ मग्रती शुभलाभ, असीम नगरकोटीलाई पुरस्कृत गरेको थियो । ७९ लाख १६ हजार २ सय शेयरपुजीँ रहेको सहकारीले आफ्ना सदस्यलाई ४ करोड ९८ लाख ६२ हजार ९ सय ८६ रुपैयाँ कर्जा लगानी गरेको संस्थाकाव्यवस्थापक अम्बिका न्यौपानेले जानकारी दिइन् । ४ करोड २३ लाख ३० हजार १० रुपैयाँ बचत निक्षेप र जगेडा कोषमा भने ५५ लाख ७९ हजार ५७३ रकम रहेको व्यवस्थापक न्यौपानेले बताएकी छन् ।

सभामा वडा १२ का कार्यबाहक वडाध्यक्ष ज्ञानबहादुर श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, नेफ्स्कुन फिल्ड इन्चार्ज ज्योति महत, महिला मिलन साकोसका अध्यक्ष विष्णुमाया लामा, भुटनदेवी साकोसका अध्यक्ष चमेलीमाया सिंजालीमगर, महिलासेवा साकोसका कोषाध्यक्ष शर्मिला अधिकारी, मञ्जुश्री साकोसका उपाध्यक्ष बसन्ती थिङ, बुद्ध माविका प्रअ किसन थापा, गुप्तेश्वरी कृषि सहकारी संस्थाका सचिव देवमाया सिन्तानलगायतको आतिथ्यता रहेको थियो ।

अध्यक्षमा सोममाया
मोक्तान चयन

आधुनिक महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको सोमबार भएको १८ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेसनबाट सोममाया मोक्तानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।मोक्तान यस अघि संस्थाको सचिव थिइन् । मोक्तानको अध्यक्षतामा ४ वर्षका लागि नयाँ समिति चयन गरिएको हो । संस्थाको उपाध्यक्षमा कमला, सचिवमा लक्ष्मी ढुंगेल, कोषाध्यक्षमा अनिषा पोखरेल चयन भएका छन् । त्यस्तै, संस्थाको कार्यसमिति सदस्यहरुमा भने चित्रकुमारी थिङ, अनिता रिमाल, हरिमाया बल, रीता नेपाल र लीला विक चयन भएका छन् । संस्थाको लेखा समितिको संयोजकमा अञ्जली भोम्जन चयन भएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*