रोटरीद्वारा मानव सेवा आश्रमलाई सहयोग

साझाकुरा
२०८० आश्विन २४, बुधबार ०९:४९

हेटौंडा- मानसिक स्वास्थ्य दिवसको अवसरमा मानवसेवा आश्रम मुख्य कार्यालय हेटौंडालाई रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले आर्थिक सहयोग गरेको छ ।रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्र धोजुको विशेष उपस्थितमा मानवसेवा आश्रमलाई नगद एक लाख एघार हजार १ सय ११ प्रदान गरिएको हो । कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का एजी राजभाइ सुवाल र उनको श्रीमती कमला महर्जन सुवाल, जिल्ला सचिव दिनेशराज महर्जन, देव सुवेदी, हेटौंडा अध्यक्ष स्वागतराज प्याकुरेल, मकवानपुर अध्यक्ष अन्जन पराजुलीलगायतको उपस्थिति रहेको थियो ।

आश्रममा हाल २ सय २० जना लक्ष्मीनारायण, बालगोपालहरुले आश्रमका सेवा लिइरहेका छन् । मानवसेवा आश्रम २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य सहित २०६९ सालदेखि नै देशव्यापीरुपमा सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताउन विवश अनाथ, अपा·, अशक्त, असहाय, शारीरिक तथा मानसिकरुपमा अति कमजोर मानवहरुको उद्दार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको सेवामा समर्पित हुँदै आइरहेको छ ।हाल देशभर १९ जिल्लामा २४ ओटा सेवाकेन्द्र सञ्चालनमा रहेको आश्रमले ७७ जिल्लाबाट सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्दार गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*