क्रेनले किच्दा सहचालकको मृत्यु
हेटौंडा-मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० कर्राचोक नजिकै क्रेनले किच्दा सोही क्रेनका सहचालकको मृत्यु भएको छ ।मंगलबार दिउँसो प्रदेश २–०३००१ क २०२४ नम्बरको क्रेन ब्याक गर्ने क्रममा क्रेनले किच्दा सहचालक पर्साको वीरगञ्ज महानगर–३० लालपर्सा बस्ने २८ वर्षीय सानबाबु पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । क्रेनले किच्दा गम्भीर घाइते भएका पासवानको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । क्रेन र क्रेन चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।







