मापदण्ड भित्र रहेर ब्यवसाय गर्न संघको आग्रह

साझाकुरा
२०८० आश्विन २४, बुधबार १०:१७

 हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघमा विभिन्न बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिको सहभागितामा बजार अनुगमनसम्बन्धी छलफल भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताको अध्यक्षतामा छलफल कार्यक्रम भएको हो । नजिकिंदै गएको वडा दशैं तथा अन्य चाडपर्वलाई लक्षित गरी विभिन्न सरकारी निकायबाट बजार अनुगमनलाई तिब्रता दिइएको सन्दर्भमा केन्द्रित रहेर छलफलगरिएको हो ।

मउवासंघका अध्यक्ष गुप्ताले व्यवसायीले कम्तिमा पनि खरिद बिल र बिक्री बिल, दर्ता प्रमाणपत्र, मूल्यसूची राखी म्याद गुज्रेका सामान बिक्रीवितरण नगर्न व्यवासायीहरु सचेत रहनुपर्ने बताए । सबै बस्तुगत संघहरुबाट पनि आफ्ना सदस्यलाई सचेतगराउनु पर्ने उनको धारणा छ । सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन शाक्यले आफ्नो संघले सबै सुनचाँदी व्यवसायीलाई अनुगमनको क्रममा पेश गर्नुपर्ने विवरणहरुराख्न लगाउने कार्यको लागि नियमित सचेत गराउने गरेको जानकारी दिए । अण्डर बिलिङको विषयमा ब्यवसायीहरुले आफ्नोधारणा राखेका थिए । अण्डर बिलिङ समस्या समाधानको लागि राज्यबाट नै भन्सार र उत्पादन बिन्दुमा नियन्त्रण कायम गरेमा समस्या हल हुने निष्कर्ष निकालिएको थियो ।

भारतीय सीमा नजिकका बजारहरुमा भन्सार छली गरिने व्यापारसँग भन्सार तिरेर व्यापार गर्ने हेटौंडाका व्यवसायीलाई प्रतिष्पर्धा गर्न समस्या भएकाले बिक्रीमा कमी भएकोसमेत छलफल भएको थियो । तथापि हेटौंडा बजारमा चाडपर्वको मुखमा पनि कतिपय खाद्यबस्तुको मूल्य तुलनात्मक रुपमा सुपथ भएको बताइएको छ । व्यवसायीले आफूले बिक्रीवितरण गर्दा नियमित रुपमा पालना गर्नुपर्ने प्रावधान पालनागरेमा अनुगमन गर्दा कारवाहीको भागिदार हुन नपर्ने धारणा सहभागीले राखेका थिए ।

छलफल कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, महासचिव दीपक उप्रेती, बस्तुगत समन्वय समितिका सहसंयोजकद्वय प्रदीप अर्याल, तेजराज अधिकारी, उपभोक्ता मञ्च मकवानपुरका अध्यक्ष सुनिल अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*