सञ्चोका चिकित्सक कुटपिट घटनामा ६ जना धरौटीमा छुटे, थप एकजना पक्राउ

साझाकुरा
२०८० आश्विन २५, बिहीबार ०९:५५

हेटौंडा- चिकित्सकमाथि आक्रमणको अभियोगमा हिरासतमा रहेका मकवापुरका ६ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा छोड्ने निर्णय गरेको छ ।गत भदौ २७ गते हेटौंडा–१, स्थित सञ्चो हस्पिटलमा विरामीको उपचार गरिरहेका चिकित्सकलाई सांघातिक आक्रमण गरेको अभियोगमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनीहरु धरौटी बुझाएर रिहा भएका हुन् । जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलाशले आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

आक्रमणको अभियोग लागेका रमा प्रधानलाई २ लाख ५० हजार तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रिनलाई जनही २ लाख रुपैयाँको दरले अदालतले धरौटी माग गरेको थियो ।

डेंगू संक्रमणको कारण एक महिनाअघि मृत्यु भएका हेटौंडा–१२ का ४१ वर्र्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितको केही युवाको समूहले गत भदौ २७ गते हेटौंडा–१ स्थित सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गरेका थिए । मकवानपुर प्रहरीले १३ जनाविरुद्ध परेको उजुरीमा अझै ६ जना
फरार रहेको जानकारी दिएको छ ।

एक जनालाई भने प्रहरीले बुधवार नै पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ सिक्रेनी बस्ने ३६ वर्र्षीय सुबास स्याङतान छन् । उनलाई बुधबारहेटौंडाउपमहानगरपालिका वडा नम्वर १० स्थित बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*