कपडामा आगो लाग्दा कैलाशका भोलन घाइते
हेटौंडा- मकवानपुरको कैलाशमा आगोमा पेट्रोल खन्याउदा लुगामा सल्केको आगोले पोल्दा एक युवक जलेर गम्भीर घाइते भएका छन् ।बुधबार मकवानपुरको कैलाश गाउँपालिका–१० भवाङमा स्थानीय २३ बर्र्षीय हिक्मत भोलनले आफ्नै घरबाट १०० मिटरमा रहेको करेसा बारीमा साथीहरु १७ बर्र्षीय एक युवक (नाम अलिखित), २३ बर्र्षीय सागर थिङ र अन्दाजी २२÷२३ बर्र्षीय नरेश थिङ सहित दाउरा बालेर आगो ताप्ने क्रममा २३ बर्र्षीय हिक्मत भोलनलाई आगोले पोल्दा जलेर गम्भीर घाइते भएको मकवानपुरका प्रहरीप्रवक्ता प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।
१७ बर्र्षीय नाम अलिखित युवकले साथिहरुसँगै रहेको समयमा बलिरहको रहेको आगोमा प्लाष्टिकको बोतलबाट पेट्रोल खनाउँदा २३ बर्र्षीय भोलनले लगाएको कपडामा अचानक आगो सल्किदा कम्मरभन्दा मुनिको भाग पुरै जली घाइते भएको जनाइएको छ ।भोलनको उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको, उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं कीर्तिपुर रिफर गरिएको जनाइएको छ । मकवानपुर प्रहरीप्रवक्ता भण्डारीले घटना मंगलबार बिहानको भएको तर, जानकारी बुधबार दिउँसो मात्र प्रहरीलाई प्राप्त भएको जनाएका छन् ।







