औषधि व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान

साझाकुरा
२०८० आश्विन २५, बिहीबार १०:२८

हेटौंडा- नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा मकवानपुरले हेटौंडामा शुभकामना आदानप्रदान तथा स्वागत कार्यक्रमको आयोजना गरेको छ ।बीरगंजमा भएको १४ औं महाधिवेशनबाट चयन भएका केन्द्रीय पदाधिकारीलाई हेटौंडामा स्वागत तथा सम्मान गरिएको हो । विजयादशमी, शुभदीपावली, नेपाल संवत तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान समेत गरिएको छ । नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेवालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खण्डेवालले व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले व्यवसायीलाई नै धराप पार्ने खालको ऐन संसोधन हुनुपर्ने आवश्यकता औंल्याए । औषधि व्यवसायमैत्री कानुन आवश्यक रहेकोमा उनको जोड थियो । कार्यक्रममा बोल्दै औषधि व्यवस्था विभाग बीरगंजका व्यवस्थापक सुन्दर बज्राचार्यले पछिल्लो समय औषधि व्यवसायीले सिद्धान्त भुलेकोमा दुखेसो व्यक्त गरे । औषधि जस्तो संवेदनशील क्षेत्रमा कार्य गर्दा सजगता अपनाउनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा हेटौंडा–११ की वडाअध्यक्ष जुना दाहाल, बागमती प्रदेश औषधि व्यवसायी संघ अध्यक्ष धु्रवराज श्रेष्ठ, मधेश प्रदेश औषधि व्यवसायी संघका महासचिव पप्पुकुमार झालगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*