नवनियुक्त जनस्वास्थ्यकर्मीलाई स्वागत
हेटौंडा- नेपाल जनस्वास्वास्थ्य संघ बागमती प्रदेश समितिले नवनियुक्त जनस्वास्थ्यकर्मीलाई स्वागत गरेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत नवनियुक्त जनस्वास्थ्य अधिकृतहरुका साथै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त भएका जनस्वास्थ्यविज्ञहरुलाई एक कार्यक्रमबीच स्वागत गरिएको हो ।नवनियुक्त जनस्वास्थ्य अधिकृत तथा उपप्राध्यापक÷ सहप्राध्यापकहरुलाई बधाई तथा शुभकामना दिर्दै सफल कार्यकालको कामना गरिएको थियो । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको प्रमुख आतिथ्यता एवं जनस्वास्थ्य संघ बागमती प्रदेश समितिका अध्यक्ष प्राध्यापक डाक्टर किशोर अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमती प्रदेश निर्देशक महेश्वर श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान डिन प्राध्यापक डा. दुर्गा खड्का, जनस्वास्थ्य संघ केन्द्रीय समिति अध्यक्ष बसन्त अधिकारी, स्वास्थ्य मन्त्रालय बागमती प्रदेश योजना अनुगमन तथा जनस्वास्थ्य महाशाखा प्रमुख दीपकप्रसाद तिवारी, स्वास्थ्य मन्त्रालय बागमती प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. खगेश्वर गेलाललगायतको आतिथ्यता रहेको थियो ।
जनस्वास्थ्य प्रशासक कृष्णबहादुर मिजारले स्वागत गरेको कार्यक्रम जनस्वास्थ्य संघ बागमती प्रदेश समितिका सचिव रुद्र शर्माले सञ्चालन गरेका थिए । कार्यक्रममा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, नवनियुक्त जनस्वास्थ्यकर्र्मीलगायत जनस्वास्थ्य संघ बागमती प्रदेश समितिका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।







