हेटौंडास्थित आयुर्वेद केन्द्रबाट २२ हजारले लिए सेवा
हेटौंडा- हेटौंडा–२, बनसखण्डी नजिक रहेको जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्र मकवानपुरको उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ ।केन्द्रले विगतका वर्षमा भन्दा गत आर्थिक वर्ष २०७९÷८० मा धेरै बिरामीलाई सेवा दिएको छ । धेरै बिरामी सेवा लिन आउनु केन्द्रको उपचारप्रति नागरिकमा विश्वास बढ्नु रहेको छ । आयुर्वेद सेवा प्रवद्र्धन गर्न शुक्रबार हेटौँडामा पत्रकारसँग अन्तरक्रिया गर्दै कार्यालयले उपचार सेवामा वृद्धि गरेसँगै बिरामीको संख्या पनि बढेको जानकारी दिएको छ । केन्द्रबाट गत आर्थिक वर्षमा २१ हजार ९ सय ५६ जनाले सेवा लिएको केन्द्रका प्रमुख डा. ललिता पाण्डेले जानकारी दिएकी छन् ।
पञ्चकर्मतर्फ ५ सय ३० जनालाई सेवा दिएको उनले बताइन् । क्षारसुत्र १ सय ६ जनाले, केन्द्रबाट ७ सय ५२ जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् । २ सय १० जनाले स्तनपायी सेवा लिएको जिल्ला आयुर्वेद कार्यालयले जनाएको छ । केन्द्रप्रमुख डा. पाण्डेले आव २०७९÷८० को प्रगति विवरणका साथै केन्द्रबाट दिइने सेवाबारे प्रस्तुति गरेकी थिइन् । उनले मकवानपुरका ७ स्थानीय तहमा आफ्नो सेवा विस्तार गरिएको बताइन् । हेटौंडामा ८ वटा क्लिनिक, मनहरी र थाहानगरमा एकरएक वटा क्लिनिक सञ्चालनमा रहेको छ ।
पाण्डेले ५ वटा गाउँपालिकामा भने नागरिक
आरोग्य केन्द्र सञ्चालनमा रहेको जानकारी दिइन् । आयुर्वेद सम्बन्धी कक्षा ९ र १० मा केही जिल्लाहरुमा पढाइ हुने बताउँदै अझै पनि ग्रामीण क्षेत्रमा आयुर्वेदबारे जानकारी नभएको उनको भनाइ छ । केन्द्रमा २ हजार २ सय ८ जनाले ल्याब सेवा, १ हजार ९ सय ९७ जनाले फिजियो थेरापी, १ हजार १ सय ९५ जनाले अंकुपञ्चर सेवा लिएका छन् । केन्द्रले प्रस्तुत गरेको तथ्यांकमा खनयुर्वेद बिज्ञानलाई नागरिकले पुन बिश्वास गर्न थालेको उल्लेख छ ।
पछिल्लो वर्षमा आयुर्वेद स्वास्थ्यसेवा लिने विरामीको संख्या बढेसँगै केन्द्रमा योग हल नहुनु, जनशक्तिको अभाव हुनु, औषधिको अभाव रहनु, तत्काल आफ्नो भवन नहुनु समस्या रहेको डा. पाण्डेले बताइन् । कार्यक्रममा आयुर्वेदविज्ञ डा. साइरिस न्यौपानेले पञ्चकर्म सम्बन्धी जानकारी गराउँदै शरीरको शुद्धीकरण गर्ने, शरीरलाई पोषण प्रदान गर्ने र शरीर र मनको तनावलाइ कम गर्न सकिने बारे जानकारी दिए ।
हेटौंडास्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा पछिल्लोवर्षमा उपचारसेवा लिन आउने बिरामीको चाप बढ्दै गएको छ । दीर्घरोगीहरु आयुर्वेदपद्दतिको उपचारबाट निको हुन थालेपछि आयुर्वेदप्रति जनविश्वास पनि बढेको हो । कार्यालयको तथ्यांकअनुसार आव २०७७–७८ मा आयुर्वेद स्वास्थ्य केन्द्रमा ११ हजार ७०० बिरामीले उपचार सेवा लिएका थिए । १७ वर्षभन्दा माथिको उमेर समूहकाबिरामीले अत्यधिक उपचार सेवा लिएका थिए ।
तुलनात्मकरुपमा आव २०७६÷७७ को तुलनामा २०७७÷७८ करिब चार हजार बढी बिरामीले सेवा लिएका थिए । आव २०७६÷७७ मा सात हजार ९९० जनालेले उपचारसेवा लिएको यो केन्द्रले जनाएको छ । वागमती, कैलाश, बकैया, मनहरी गाउँपालिका र थाहा नगरपालिकामा आरोग्य सेवाकेन्द्र स्थापना गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्रमा नेपालसरकारले निःशुल्करुपमा दिएको २३ प्रकारका औषधि बाहेकका फिजियोथेरापी, ल्याब, पञ्चकर्म, पूर्वकर्म, क्षारसूत्र र ओपिडीमा उपचार थालिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्रमा २०७८ साउन १ गतेदेखि ओपिडी टिकट र ल्याब सेवा सञ्चालन गरिएको हो ।
पर्साको रानीगञ्जमा नारायणी अञ्चल आयुर्वेद औषधालयका नामबाट सञ्चालन हुँदै आएको यो औषधालय विसं २०३४ मा हेटौंडामा स्थानान्तरण गरिएको थियो । विसं २०३८ मा आफ्नै भवन निर्माण गरी हेटौंडा–२ बाटुवा प्रदान गर्न थालिएको हो । औषधालयले ज्येष्ठ नागरिक सेवा, स्तनपायी सेवा, गाउँघर क्लिनिक र धामी–झाँक्रीलगायत स्वास्थ्य समस्या निवारणका कार्यक्रम गरिरहेको छ । आयुर्वेद औषधालयमा अहिले बालकदेखि वृद्धसमेत उपचार गराउन आउने गरेका छन् ।







