हेटौंडाको वनस्पति अनुसन्धान केन्द्रमा आउने विद्यार्थी बढ्दै
हेटौंडा-वन तथा वातावरण मन्त्रालयको वनस्पति विभाग अन्तर्गत मकवानपुरमा रहेको वनस्पति अनुसन्धान केन्द्र वनस्पतिको अध्ययन गर्ने केन्द्र बन्दै गएको छ । यो केन्द्रमा वनस्पतिका प्रजाति, महत्व, विकासलगायत स्थलगत ज्ञान लिन आउने विद्यार्र्थीको संख्या बढ्दै गएको हो ।शुव्रmबार रोयल क्यान्सर इन्स्टिच्युट चितवनबाट २९ जना विद्यार्र्थी यो केन्द्रमा औषधिजन्य, सुगन्धित जडीबुटी तथा वनस्पतिबारे अध्ययन र जानकारी हासिल गर्न आइपुगेका थिए । जडीबुटी र वनस्पति, सुगन्धित तेल प्रशोधन लगायतका विषयमा अनुसन्धान केन्द्रका वैज्ञानिक अधिकृत एवं सूचना अधिकारी अनिशकुमार कर्ण र वनस्पति सहायक सागिर हुसेनले विद्यार्र्थीलाई जानकारी गराएका थिए ।
विभिन्न विषयका विद्यार्र्थी वनस्पति अनुसन्धान केन्द्रमा ज्ञान हासिल गर्न पुग्ने गरेका छन् । वनविज्ञान (फरेस्ट्री), वनस्पतिविज्ञान (बोटानी) र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मा अध्ययन गर्ने विद्यार्थी शैक्षिक भ्रमण, अध्ययन र घुम्नका लागि आउने गरेको केन्द्रका कार्यालयप्रमुख एवं वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले जानकारी दिए । वनस्पति उद्यान, नमूना संरक्षण, जीवित बिरुवा र विभिन्न नमूना सूचना केन्द्रमार्फत् विद्यार्र्थीलाई जानकारी उपलब्ध यहाँ आउने विद्यार्र्थीलाई बिरुवा पहिचान गर्न, बिरुवाको वैज्ञानिक नाम र वनस्पतिसम्बन्धी जानकारी प्रदान गर्न सहजीकरण गर्ने गरेको उनको भनाइ छ । ‘वनस्पति अनुसन्धान केन्द्र शैक्षिक र मनोरञ्जनको केन्द्र बन्दै गएको छ, पछिल्लो समय चितवन, काठमाडौं र पूर्वका जिल्लाबाट विद्यार्र्थीहरु वनस्पतिको अध्ययन गर्न र भ्रमणका लागि यहाँ आउने गरेका छन्,’ कार्यालयप्रमुख पराजुलीले भने ।
वार्षिकरुपमा अनुसन्धान केन्द्र भ्रमण गरेबापत तीन लाखभन्दा बढी राजस्व पनि संकलन गरिएको छ । शैक्षिक अध्ययन र भ्रमणमा आउने विद्यार्र्थीबाट प्रतिव्यक्ति १० रुपैयाँ शुल्क लिने गरिएको छ ।कार्यालयको बजेट न्यून हुँदा आकर्षक र आवश्यक संरक्षणस्थल निर्माण गर्न नसकिएको कार्यालयप्रमुख पराजुलीको भनाइ छ ।मकवानपुरको मकवानपुर गढी गाउँपालिका–२, कुर्लेदमारमारहेको वंशगोल माध्यमिक विद्यालयका ३९ जना विद्यार्र्थीलाई वनस्पति अनुसन्धान केन्द्रले जडीबुटी पहिचानसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको युगल अर्यालले जानकारी दिए ।दुर्लभ वनस्पति ‘भोटेलहरा’वनस्पति अनुसन्धान केन्द्र मकवानपुरको नर्सरीमा दुर्लभ वनस्पति ‘भोटेलहरा’ नर्सरीका साथ संरक्षण गरिएको छ । मकवानपुरको बकैया गाउँपालिका–११, ठिङ््गनमा फेला परेको यो वनस्पति यहा संरक्षणगरिएको हो ।
वनस्पति जगतको निटेसी परिवारमा पर्ने ग्नेटम जातिको वनस्पतिका विश्वभर करिब ४० प्रजाति रहेको अध्ययनले देखाएको छ । जसमध्ये नेपालमा पाइने प्रजाति ग्नेटम मोन्टानम हो । यसको स्थानीय नाम भोटेलहरा हो । यो दुर्लभ वनस्पतिको सूचीमा पर्छ ।







