ब्रम्हाकुमारी सेवा केन्द्रमा शुभकामना आदानप्रदान
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–२ स्थित ब्रम्हाकुमारी राजयोग सेवाकेन्द्रले विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढार्इंले सामाजिक मर्यादा, सामाजिक सद्भावना अभिवृद्विको लागि चाडपर्वको महत्व रहेको बताए । केन्द्रको सञ्चालिका सुशिला दिदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रजिअ सेडाइले सनातन धर्म संस्कृतिको मूल्य मान्यताले आपसी सहिष्णुता कामय राख्ने बताए । जानअन्जानमा भएका त्रुटीलाई क्षमादान दिने र क्षमायाचना गर्नु जीवन सहज बाटोमा हिँडाउने उपाय भएको मोटिभेशनल विजयराज सिग्देलले बताए ।
दशै पर्वकै अवसर पारेर पञ्चविकार (काम, क्रोध, लोभ, मोह, अहंकार) त्याग्न पर्ने केन्द्रकी बिष्णु दिदीले बताएकी छन् । कार्यक्रम जनसेवा साकोसको अध्यक्ष बसन्तराज गौतमलगायतको उपस्थिति रहेको थियो । शुभकामना आदनप्रदान कार्यक्रममा दसैं पर्वको ऐतिहासिक धार्मिक मान्यता, सान्दर्भिकतासँगै महिषासुर र देवीदुर्गाको झाँकी तथा नृत्य समेत प्रस्तुत गरिएको कार्यक्रम सञ्चालक विकेमणि गुरुङले बताए ।







