मनहरी–७ नम्बर वडा कार्यालयको भवन उद्घाटन

साझाकुरा
२०८० आश्विन २९, सोमबार १४:१८

हेटौंडा- मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका वडा नम्बर–७ बिजौनामा नवनिर्मित वडा कार्यालय भवनको आइतबार उद्घाटन गरिएको छ ।नेपाली कांग्रेस बागमती प्रदेशसभापति एवं बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले भवनको उद्घाटन गरेका छन् । भवन उद्घाटन कार्यक्रममा बोल्दै नेता बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्र पछि धेरै उत्तरचढावका बाबजुद स्थानीय तहको स्थापना पछि बनेको वडा कार्यालय भवनबाट अब जनताले सहजरुपमा सम्पूर्ण सेवा लिन पाउनेमा खुशी प्रकट गरे । संघीयतामा सबैको अस्थित्व र पहिचानलाई स्थायित्वको लागि स्थानीय तह अपरिहार्य रहेको बताउँदै नेता बानियाँले जनताको अवस्था परिवर्तन गर्न स्थानीय निकायको भूमिका महत्वपूर्ण रहेको बताए ।

लोकतान्त्रिक गणतन्त्र स्थापनापछि निजामती कर्मचारी र राजनीतिमा भएका गल्ती कमजोरीलाई क्रमशः सुधार गर्दै लानुपर्ने बताउँदै कांग्रेस बागमती प्रदेशसभापति बानियाँले आउँदै गरेको चाडपर्वहरु विजयादशमी, दीपावली, छठ, नेपालसम्बतलगायतका चाडपर्वको शुभकामना दिएका छन् । मनहरी गाउँपालिकाको बजेटमा रत्नकुमारी एण्ड सन्स प्रालि हेटौंडाले ८७ लाखमा यो भवन निर्माण गरेको वडाध्यक्ष ठाकुरराम तितुङले जानकारी दिए । कार्यक्रममा वडाभित्र रहेका रमन्टार मावि र रोटरी माविमा टाढा–टाढाबाट अध्ययनका लागि आउने जेहेन्दार छात्रछात्रालाई दुई लाख बराबरको २३ वटा साइकल वितरण गरिएको थियो ।

मनहरी–७ का वडाध्यक्ष ठाकुरराम तितुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सानुकाजी लुईटेल, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, मनहरी गाउँपालिका कार्यकारी अध्यक्ष शिवप्रसाद खनाल, नेपाली कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, नेकपा एमाले मनहरी अध्यक्ष नवीन सुवेदी, मनहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष एकराज उप्रेती, मनहरी–५ नम्बर वडाअध्यक्ष दीपेन्द्र अधिकारी, मनहरी–७ का वडासदस्य नवराज सुवेदी, मनहरी गाउँपालिकाका कार्यकारी अधिकृत मोहनकुमार श्रेष्ठ, डिपार्ट सामुदायिक वन मनहरीका अध्यक्ष डम्बरबहादुर मोक्तानलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*