हेटौंडामा चाडपर्व लक्षित विशेष चेकिङ सुरु

साझाकुरा
२०८० आश्विन ३०, मंगलवार १०:१९

हेटौंडा- मकवानपुरमा सोमबारबाट चाडपर्व लक्षित विशेष चेकिङ सुरु गरिएको छ । नजिकिदै गरेको चाडपर्व बडादसैं, शुभदीपाली, नेपाल सम्वत एवम् छठ पर्वलाई लक्षित गर्दै जिल्लाको हेटौंडास्थितको विभिन्न स्थानमा विशेष चेकिङ सुरु गरेको मकवानपुर प्रहरीले जनाएको छ ।मकवानपुरमा प्रवेश गर्ने तथा बाहिरिने सवारी साधनहरुमा प्रतिबन्धित वस्तुहरु, पटाका, लागूऔषध, भन्सार छलिका समानहरु लगायत अन्य विष्फोटकपदार्थहरु समेत ओसारपसार हुन सक्ने भएकोले तालिम प्राप्त कुकुरसहित विशेष चेकिङ सुरु गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । विशेष चेकिङमा हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा तालुक बागमती प्रदेश प्रहरी कार्यालय केनाईन (डग शाखा), ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरीचौकी रातोमाटे मकवानपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोली रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*