थाहानगरको ज्येष्ठ नागरिकलाई सम्मान

साझाकुरा
२०८० आश्विन ३०, मंगलवार १०:३८

हेटौंडा- थाहा नगरपालिका–२ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडास्तरीय जेष्ठ नागरिक समितिको आयोजना तथा थाहानगरको २ नम्बर वडा कार्यालयको सहयोगमा कार्यक्रम भएको हो ।वडास्तरीय जेष्ठ नागरिक समितिका संयोजक बिष्णुबहादुर थापाको सभाध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि एवम् नगरप्रमुख बिष्णुबहादुर बिष्टले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन् । नगरप्रमुख बिष्टले जेष्ठ नागरिकलाई ससम्मान बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने बताए । ‘उमेर हुँदासम्म श्रममा खर्चने नागरिकलाई उमेर पुगेपछि बाँच्ने आधारको व्यबस्था राज्यले गर्नुपर्छ’–विष्टले भने ।

कार्यक्रमका वक्ताहरुले ज्येष्ठ नागरिकको माया र सम्मान सबैले गर्नुपर्ने बताए । ज्येष्ठ नागरिकलाई कसरी खुशी दिन सकिन्छ त्यसतर्फ ध्यान दिन जरुरी रहेको उनीहरुले बताए ।कार्यक्रममा वडाभित्रका १ सय ५ जना जेष्ठ नागरिकको उपस्थिति रहेको थियो । १ सय १ वर्षीया वृद्धा मिनकुमारी बस्नेत, समाजसेवी सीताराम बिष्ट र हर्कबहादुर सिङ्तानलाई दोसल्लासहित सम्मानित गरिएको थियो । कार्यक्रममा वडा नम्बर २ का वडाअध्यक्ष बमबहादुर सिन्तान, थाहा नगरस्तरीय ज्येष्ठ नागरिक मञ्चका संयोजक ईश्वरबहादुर कार्की, वडासदस्यहरु, वडास्तरीय ज्येष्ठ नागरिक समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*