हेटौंडा ६ र १७ मा बजार अनुगमन

साझाकुरा
२०८० कार्तिक २, बिहीबार १२:२२

हेटौंडा- चाडबाड नजिकिंदै जाँदा बजारमा उपभोग्य सामग्रीको अभाब र मूल्यबृद्धि नियन्त्रण गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले बजार अनुगमन गरेको छ ।उपमहानगरले गठन गरेको बजार अनुगमन समितिले हेटौंडा ६ र १७ का बिभिन्न पसल तथा व्यापारिक केन्द्रको अनुगमन गरेको हो । अनुगमन समितिका संयोजक तथा हेटौंडा–१ का वडाअध्यक्ष सबिन न्यौपानेको नेतृत्वमा दुई वडाका ११ वटा पसल अनुगमन गरेको उपमहानगरपालिका समाजकल्याण शाखाप्रमुख गंगा चौलागाईले बताइन् ।

अनुगमनका क्रममा पसलहरुमा मूल्यसूचि नराखेको, देखिने गरी पसलको नाम उल्लेख नगरेको, खरिद र बिक्री बिल नभेटिएकाले पहिलो पटकलाई अनुगमन टोलीले सुझाब दिएको उनले बताइन् । अनुगमन टोलीले खाद्यान्न, मदिरा, डेरी, होटललगायतको अनुगमन गरेको थियो ।अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि महेशकुमार अर्याल, घरेलु तथा साना उद्योग कार्यालयका लेखमान राउत, उपभोक्ता हितसंरक्षण मञ्चका बासु खतिवडा, मकवानपुर उद्योग वाणिज्य संघका सुजन सुवेदी सहित पत्रकार, प्रहरीचौकी चौघडाका प्रतिनिधि, उपमहानगरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*