उपमहानगरले दियो साना किसानलाई ट्रयाक्टर

साझाकुरा
२०८० कार्तिक २, बिहीबार १२:३१

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले कृषिक्षेत्रमा लगानी गर्दै आएको सहकारीलाई अनुदानको ट्रयाक्टर बितरण गरेको छ । हेटौंडा–१९ बस्तिपुरमा रहेको साना किसान कृषि सहकारी सस्थालाई बुधबार हेटौंडा उपमहानगरपालिका नगरप्रमुख मीनाकुमारी लामाले ट्रयाक्टर हस्तान्तरण गरेकी हुन् । उपमहानगरले हस्तान्तरण गरेको ट्रयाक्टर सहकारी संस्थाका अध्यक्ष सुनमाया दोङले बुझेकी हुन् उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा दिएको ट्रयाक्टले सहकारीमा आवद्ध स्थानीयले गर्ने कृषिको काममा सहयोग पु¥याउने बिश्वास लिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*