कैलाश गाउँपालिकाद्वारा भीमफेदी कारागारमा खसी र खाद्यान्न प्रदान

साझाकुरा
२०८० कार्तिक २, बिहीबार १२:३३

हेटौंडा- नेपालीको सबैभन्दा ठूलो पर्व दसैंको अवसरमा मकवानपुरको कैलाश गाउँपालिकाले भीमफेदी कारागारमा रहेका कैदीबन्दीका लागि खसी र खाद्यान्न उपलब्ध गराएको छ । कारागारमा रहेका कैदीबन्दीलाई सुखद तरिकाले दसंै मनाउनको लागि गाउँपालिकाले खसी र खाद्यान्न सहयोग गरेको हो ।बुधबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले २ वटा खसी (करिव ६० केजी), चिउरा एक सय २० केजी, तेल २ कार्टुन कारागारलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका लेखाप्रमुख नवीन धिताल, रोजगार संयोजक अर्पण लामा, कैलाश–१० का पूर्ववडाध्यक्ष माणिकलाल मुक्तान लगायतको उपस्थिति थियो ।

अध्यक्ष मुक्तानसहितको टोलीले कारागारमा रहेका कैदीबन्दीसँग भेटघाट गरी शुभकामना आदानप्रदान समेत गरेका थिए । कैलाश गाउँपालिकाका ४५ जना भन्दा बढी युवा लागूऔषध ओसारपसारको अभियोगमा कारागारमा छन् । कारागारमा एक हजार ३८ पुरुष, ३७ महिला कैदीबन्दी र २ जना आश्रित नाबालक रहेका छन् । कारागारमा २ वटा पुरुष ब्लक र १ वटा महिला ब्लक रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*