दाइमाथि खुकुरी प्रहार गर्ने जीवन पक्राउ

साझाकुरा
२०८० कार्तिक २, बिहीबार १२:३८

हेटौंडा-मकवानपुरको बागमती गाउँपालिकामा आफ्नै दाइमाथि खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा भाइलाई प्रहरीले पक्राउ गरेको छ । बागमती वडा नं. ९ बेतिनी अगौटेमा आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी फरार रहेका भाइलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । अगौटे वस्ने ४८ बर्र्षीय अशोक तुमसिंहलाई खुकुरी प्रहार गरी फरार रहेका ४७ बर्र्षीय जीवनबहादुर तुमसिंहलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । भाइ जीवनले आफ्नै दाइ अशोकलाई गत असोज २८ गते साँझ खुकुरी प्रहार गरेका थिए । प्रहरीका अनुसार खुकुरी प्रहारबाट दाजु अशोकको घाँटी र दाहिने हातमा काटेको थियो । पक्राउ परेका जीवनमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*