थाहामा ८९ र हेटौंडामा ३४ प्रतिशत किसान परिवार
हेटौंडा, २ कार्तिक÷थाहा नगरपालिकामा जम्मा घरपरिवारमध्ये ८९ प्रतिशत कृषक परिवार रहेको पाइएको छ । प्रत्येक १०÷१० वर्षमा हुने राष्ट्रिय कृषि गणनाको पछिल्लो तथ्यांकले थाहा नगरपालिकाको ११ प्रतिशत परिवारमात्रै गैह्रकृषक रहेको देखाएको हो ।राष्ट्रिय कृषि गणना–२०७८ को नतीजा अनुसार थाहा नगरपालिकामा ८८ दशमलव ५६ प्रतिशत कृषक परिवार रहेका छन् । थाहानगरको ९ हजार ७ सय ४९ घरपरिवारमध्ये ८ हजार ६ सय ३४ परिवार कृषि क्षेत्रमा संलग्न छन् । नेपालको राष्ट्रिय नतीजाको तुलनामा थाहा नगरपालिकामा कृषक परिवारको प्रतिशत २७ प्रतिशतले बढी छ । नेपालको राष्ट्रिय नतीजाको तुलनामा थाहा नगरपालिकामा कृषक परिवारको प्रतिशत २७ प्रतिशत बढी छ । कृषि गणनाले २०७८ अनुसार नेपालमा जम्मा घर परिवारमध्ये ६२ प्रतिशत मात्रै कृषक परिवार रहेको पाइएको छ ।
अघिल्लो कृषि गणनामा नेपालमा यस्ता कृषक परिवारको प्रतिशत ७१ रहेको थियो । मकवानपुरको १० स्थानीय तहको तुलना गर्दा थाहा नगरपालिका बढी प्रतिशत कृषक रहेको सातौँ पालिका हो । थाहा भन्दा कम प्रतिशत कृषक परिवार हेटौंडा, मनहरी र भीमफेदीमा रहेका छन् । हेटौंडामा ३४ दशमलव ४३ प्रतिशत मात्र कृषक परिवार रहेका छन् । मनहरीमा ६५ दशमलव ४१ प्रतिशत र भीमफेदीमा ८६ दशमलव ८८ प्रतिशत परिवार कृषक छन् । अन्य ६ वटा गाउँपालिकामा ९० प्रतिशत भन्दा बढी कृषक परिवार रहेको देखिएको छ । सबैभन्दा बढी कैलाश गाउँपालिकामा ९८ दशमलव २६ प्रतिशत कृषक परिवार रहेको छ ।
मकवानपुरको १० स्थानीय तहको तुलना गर्दा थाहा नगरपालिका बढी प्रतिशत कृषक रहेको सातौं पालिका हो । कृषि गणना २०७८ अनुसार थाहा नगरपालिकामा जम्मा ८ हजार ६ सय ३४ कृषक परिवारले ७० हजार १ सय २१ रोपनी जग्गामा कृषिकार्य गरेको देखिएको छ । तर, १७ हजार ९८ रोपनी जग्गामा मात्र सिँचाइ पुगेको पाइएको छ । कृषि गणनाले थाहा नगरपालिकामा कृषक परिवारअन्तर्गत जम्मा कित्ता संख्याया २१ हजा १ सय ३५ र प्रतिकृषक परिवार कित्ता संख्या २ दशमलव ४ देखाएको छ । थाहानगरमा १ सय २७ कृषक परिवारले अरुको मात्र जग्गा कमाएको पाइएको छ ।







