बकैयामा बस दुर्घटना, ५ जना गम्भीर घाइते

साझाकुरा
२०८० कार्तिक ४, शनिबार १७:१५

हेटौंडा- मकवानपुरको पूर्र्वीक्षेत्रस्थित बकैया गाउँपालिका–५ तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् ।धरान–चतरा सडकखण्ड अन्तर्गत हेटौंडाबाट जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस तीनतलेमा दुर्घटना भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । यसैगरी, १० जना यात्रु सामान्य घाइते भएको अस्थायी प्रहरी बिट गरगरेले जानकारी दिएको छ । गम्भीर घाइतेहरुलाई एम्बुलेन्स र बाँकी घाइतेहरुलाई बसमा राखेर उपचारका लागि हेटौंडातर्फ ल्याइएको प्रहरीले जनाएको छ । घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*