चुरियामाईमा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु
हेटौंडा- मकवानपुर र बाराको सीमानामा पर्ने चुरियामाई मन्दिर नजिक सवारी र्दर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा वीरगंज ३० लालपर्सा बस्ने वर्ष १८ का बिपिन महतो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।बिहीवार पूर्वपश्चिम सडकखण्ड हुँदै हेटौंडातर्फ आउँदै गरेको ना १ क ६०५५ नम्वरको हाइड्रा क्रेन हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चुरियामाई स्थित खण्डमा आफैँ अनियन्त्रित भई पल्टिएको थियो ।
दुर्घटनामा घाइते भएका क्रेनका सह–चालक महतोलाई हेटौंडा अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा वीरगंज–३० निवासी ३० वर्षीय दसरथ पासवान घाइते भएको र उनलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।







