बागमतीका दर्लामीको उपचारको क्रममा मृत्यु

साझाकुरा
२०८० कार्तिक १३, सोमबार ०९:३९

हेटौंडा-धरान–चतरा सडकखण्डअन्तर्गत मकवानपुरको बागमती–७ लामिटार भएको मोटरसाइकल दुर्घटनामा घाइते चालकको मृत्यु भएको छ ।८ कार्तिकमा बागमतीको झुरझुरेबाट हेटौंडा आउँदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रितभई बिजुलीको पोलमा ठोक्किए दुर्घटना भएको थियो । दुर्घटनामा चालक मकवानपुर बागमती–६ ठाडीखोला बस्ने २२ वर्षकासन्तोष दर्लामी र सोही स्थान बस्ने २१ वर्षका प्रदिप लोप्चन घाइते भएका थिए ।गम्भीर घाइते सन्तोषको अन्नपुर्ण न्युरो अस्पताल काठमाडौंमा उपचारको क्रममा शनिवार राति ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*