हेटौंडामा उद्योग वाणिज्य संघ चितवनसँग छलफल

साझाकुरा
२०८० कार्तिक १३, सोमबार ०९:४७

हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघमा आइतबार उद्योग वाणिज्य संघ चितवनको टोलीसँग छलफल भएको छ ।उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय भ्रमण टोली हेटौंडा आएका थिए । मउवासंघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा भएको छलफल कार्यक्रममा उनले संघको स्थापनादेखि संघले सम्पादन गरेका गतिविधि र मकवानपुर जिल्लाको धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको बारेमा चर्चा गरेका थिए । उनले आर्थिक मन्दीले व्यवसायिक कारोवार निराशाजनक रहेको र यस परिस्थितिले विदेश पलायन बढाउने चिन्ता व्यक्त गरे ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मउवासंघका निवर्तमान अध्यक्ष कृष्ण कटुवालले चर्को बैंक ब्याज र आर्थिक मन्दीको प्रभाव न्यूनीकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने त्यसो हुन नसकेमा उवासंघहरु एकै ठाउँमा उभिएर साझा धारणा बनाएर उद्योगी÷व्यवसायीहरुको समस्या समाधान गर्न दवाव सिर्जना गर्नुपर्ने बताए ।

यसैगरी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष श्रेष्ठले मकवानपुर र चितवनको धेरै परिवेशहरु मिल्दोजुल्दो रहेको, कृषि तथा पर्यटनमा चितवन अघि बढिरहेको, चितवन मेडिकल सिटीको रुपमा विकास हँुदै गएको, उवासंघ चितवनले चेम्बर लर्निङ सेन्टर स्थापना गरेको, जसले युवा तथा महिला उद्यमशीलता विकास, नव उद्यम प्रवद्र्धन र विदेशबाट फर्केकाहरुको लागि रिटर्नी उद्यम संचालन जस्ता अवधारणामा लर्निङ सेन्टरले काम गर्ने बताए । आइतबार मकवानपुरको चित्लाङमा बास बस्ने सोमबार धुलिखेलमा र मंगलबार भक्तपुर हुँदै चितवन फर्कने भ्रमण तालिका रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*