थानाभ¥याङबाट गाँजासहित एकजना पक्राउ

साझाकुरा
२०८० कार्तिक १४, मंगलवार १०:२१

हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडाबाट लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।मकवानपुर प्रहरीले पूर्व–पश्चिम सडकखण्डअन्तर्गत् हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभ¥याङबाट लागूऔषध गाँजा ३ किलोसहित १ युवकलाई पक्राउ गरेको हो । राक्सिराङ गाउँपालिका वडा नम्वर १ बस्ने १९ वर्षीय सबिन स्याङबोलाई उक्त गाँजासहित नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।भण्डारीका अनुसार सोमबार बिहान चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना. ५ ख ७७८१ नम्बर बसलाई जाँच गर्ने क्रममा बसमा सवार स्याङबोको साथबाट प्रहरीले उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई नियन्त्रण लिएर कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*