रातोमाटेबाट पटाका र कपडा बरामद

साझाकुरा
२०८० कार्तिक १४, मंगलवार १०:५१

हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेबाट पटाका र कपडा बरामद गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत् बीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना. ४ ख ३८९८ नम्बर ट्यांकर र ना. ४ ख ६०३१ नम्बर बसलाई जाँच गर्दा पटाका र कपडा बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार कात्तिक १२ गते बेलुका प्रहरी चौकी रातोमाटेको टोलीले ना. ४ ख ३८९८ नम्बर ट्यांकरबाट विभिन्न किसिमका–१६ प्याकेट पटाका (१५५ पिस) बरामद गरिएको हो । यसैगरी, ना. ६ ख ६०३१ नम्बर बसबाट उनीको कुर्ता २६ पिस, कटनको कुर्ता सुरुवाल–२ पिस, साडी १५ पिस फेला पारी बरामद गरिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बरामद गरिएको कपडा ६९ हजार रुपैयाँ बराबरको रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*