आजबाट हेटौंडा लेडी जेसीज सप्ताह

साझाकुरा
२०८० कार्तिक १५, बुधबार १०:३२

हेटौंडा- हेटौंडा लेडी जेसीजको जेसीज सप्ताह आज बुधबारबाट सुरु हुने भएको छ । हेटौंडा लेडी जेसीजले भोलि कात्तिक १५ बाट १८ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्दै जेसीज सप्ताह मनाउन लागेको हो ।जेसीज सप्ताहअन्तर्गत आज असोज १५ गते बुधबार दुई वटा कार्यक्रमको आयोजना गरेको छ । पहिलो कार्यक्रमअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१ मा रक्तदान र हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसमा स्व.बुद्धरत्न शाक्य स्मृति खुल्ला वक्तृत्वकला प्रतियोगिता कार्यक्रमको आयोजना गरेको छ ।

यसैगरी, १६ गते हेटौंडा–१ चौकीटोलस्थित ॐ वृद्धआश्रममा खाद्यान्न वितरण र हेटौंडा–४ मा रहेको भुङ्ग्रो थकालीमा बैठक संचालन प्रणली तालिमको आयोजना गरेको हेटौंडा लेडि जेसीज अध्यक्ष दिलमाया घर्तीले बताइन् ।यसैगरी, १७ गते हेटौंडा–४ स्थित सितलमहल चोकमा स्लो स्कुटी रेस, चकरीमा विद्यालयमा स्व.बासुप्रसाद पौडेल शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको र १८ गते बिहान हेटौंडा–५ मा रहेको हाम्रो घर बालगृहमासरसफाई सामग्री हस्तान्तरण गर्दै सोही दिन दिउसो समापन कार्यक्रम रहेको मुल कार्यक्रम संयोजक अस्मिता न्यौपानेले जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*