मकवानपुरमा दूध आयातमा रोक लगाउन प्रशासनसँग माग

साझाकुरा
२०८० कार्तिक १५, बुधबार १०:३४

हेटौंडा- मकवानपुरमा अवैधानिक रुपमा बाहिरी जिल्लाहरुबाट आयात गरिएको दूध तथा दुग्ध जन्य पदार्थ बिक्री वितरण भइरहेको प्रति हेटौंडाका नागरिक समाजले आपत्ति जनाएको छ ।मंगलबार ध्यानाकर्षण पत्रमार्फत जिल्लाका प्रमुख नाकाहरुबाट राजस्व छलि गरी बिना बिल बिजक गुणस्तर मापदण्ड विपरित गैरकानुनी ढंगबाट हेटौंडाका मुख्य बजारहरुमा दूध एवम् दुग्ध जन्य पदार्थ बिक्रि वितरण भइरहेको भन्दै नागरिक समाजको एक समुहले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंलाई ध्यानाकर्षण गराएको हो ।

उपभोक्ताहरुको मानव स्वास्थ्यमा पर्ने असर पशुचौपायाहरुमा हुनसक्ने रोगहरुको संक्रमणको जोखिम र राजस्व छलिबाट हुने नोक्सानीको लागी उद्योगहरुमा बाहेक जिल्ला बाहिरका अप्रसोधित दूध तथा दुग्ध जन्य पदार्थहरुको खुलम खुल्ला बिक्रि बितरणमा अबिलम्ब रोक लगाई कारबाहीको प्रक्रिया अघि बढाउनु पर्ने पत्रमा भनिएको छ । नेपालमा भइरहेको गाई, गोरु तस्करी र सामान्य पशु अधिकारको समेत ख्याल नगरी गरिने ढुवानीको नियन्त्रणको लागि जिल्लाका मुख्य नाकाहरुमा रेकर्ड रहने गरी सिसिटिभि क्यामेराको निगरानिमा जाँच गरी नियन्त्रण गर्न समेत आग्रह गरेका छन् ।

पत्र बुझदै सहायक प्रमुख जिल्ला अधिकारी चापागाईंले यस विषयमा छलफल अघि बढाउने बताए । छलफल पश्चात नियमणका निम्ति आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उनको भनाई छ । पत्रमा गुञ्जनबहादुर न्यौपाने, सन्दीप कुमार सापकोटा, राममणि न्यौपाने, बिकास दुलाल, दामोदर दाहालको हस्ताक्षर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*