सहकारी शिक्षा शिविर विस्तारित मञ्च कार्यक्रम

साझाकुरा
२०८० कार्तिक १५, बुधबार १२:०१

हेटौंडा-हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१३ मा मंगलबार सहकारी शिक्षा शिविर विस्तारित मञ्च कार्यक्रमको आयोजना गरिएको छ ।कार्यक्रम महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–१३ को आयोजनामा भएको हो । सहकारीलाई कसरी अगाडि बढाउने, त्यसमा शेयर सदस्यहरुले खेल्नुपर्ने भूमिका के–कस्ता छन् भन्नेबारे शेयर सदस्यहरुसँग सल्लाह–सुझाव संकलन गरिएको संस्थाका व्यवस्थापक फुलमाया मुक्तानले जानकारी दिइन् । उक्त क्रममा शेयर सदस्यहरुको बिमा सम्बन्धी पनि छलफल गरिएको उनले बताइन् । कार्यक्रममा सहकारी व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विष्णुमाया लामालगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*