सहकारीको अवस्था बुझ्दै उपमहानगरपालिका

साझाकुरा
२०८० कार्तिक १५, बुधबार १२:०६

हेटौंडा- बजारमा देखिएको आर्थिक मन्दीका कारण सहकारीमा परेको समस्याको बारेमा बुभ्mन हेटौंडा उपमहानगरपालिकाले अनुगमन सुरु गरेको छ ।उपमहानगर क्षेत्रमा रहेर कारोवार गरिरहेका सहकारीको सहकारीको पारदर्शीता, आर्थिक विश्वसनीयताको बारेमा बुझ्न मंगलबारबाट अनुगमन थालिएको हो । उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको नेतृत्व रहेको टोलीले ७ वटा सहकारीको अनुगमन गरेको छ । अनुगमनका क्रममा सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेलले सहकारीले गरीरहेको कारोवारको अवस्था, शेयर सदस्यमा सहकारी प्रतिको विश्वासनीयता, बजेट खर्चको शैलीसहितका विषयमा जानकारी लिएका थिए ।

अनुगमन टोलीले हेटौंडा–२ को साईराम, परिचय, हेटौंडा–१ को अग्रगति, हेटौंडा–१० को सुख समृद्धि, हेटौंडा–७ को हेटौंडा, सृजना बचत तथा ऋण र हेटौंडा–२ मा रहेको ग्रामिण बहुउद्देश्यीय सहकारी संस्थाको अनुगमन गरेको हो ।अनुगमनका क्रममा उपमहानगरले अहिलेको अवस्थामा सहकारीलाई परेको समस्या र स्थानीय तहबाट समाधानका लागि हुन सक्ने सहजीकरणको उपायका बारेमा छलफल गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*