मकवानपुरबाट पहिलोपटक दुई जनाले लिए गैरआवासीय नेपाली नागरिकता

साझाकुरा
२०८० कार्तिक १६, बिहीबार १०:५०

हेटौंडा, १५ कात्तिक÷ मकवानपुरबाट पहिलो पटक दुई जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । बुधबार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइले हेटौंडा–११ की सन्जिता बिडारी र हेटौंडा–५ का श्रीकृष्ण थापालाई गैरआवासीय नेपाली नागरिकता दिएका हुन् ।१५ वर्षदेखि अस्टे«लियामा बसोबास गर्दे आएका थापा र बिडारी श्रीमान÷श्रीमती हुन् । थापा दम्पतीले मकवानपुर जिल्लाबाट पहिलो पटक गैरआवासीय नेपाली नागरिकता पाएका हुन् । नागरिकता प्राप्त गरेपछि उनीहरुले देश र जनताको नाममा शपथ लिएका थिए । गैरआवासीय नेपाली नागरिकता पाएपछि उनीहरुले खुसी व्यक्त गरेका छन् ।

‘दुःख, सुखको क्षणबाट गुज्रिएपछि विदेशको नागरिकतालिए पनि अहिले फेरि नेपालको नागरिकता लिन पाउँदा हामीलाई एकदमै खुशी लागेको छ । यसले हामीलाई विदेशमा रहेर पनि नेपालको जुन माया छ त्यसलाई अझ प्रगाढ बनाएर जान्छ भन्ने विश्वास लिएको छु ।’, नागरिकता लिएपछि श्रीकृष्णले भने । थापाले देशलाई पनि यसले आर्थिक रुपमा धेरै नै फाइदा गर्ने दाबी गरे ।गैरआवासीय नेपालीहरु नेपाल आएर लगानी गर्ने वातावरण खुलेको उनको भनाई छ ।

‘हामीसँग यहाँ भएको सम्पत्ति बेचेर जानु पर्ने अवस्था पनि हुनेछैन । यसलाई राम्रो कदमको रुपमा लिएका छौँ ।’, गत जेठमा संशोधन भएको नागरिकता सम्बन्धी ऐन अनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*