बागमतीमा तटबन्ध निर्माणपछि १ सय ५० घरधुरी सुरक्षित
हेटौंडा- मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिका–८ स्थित चौराखोलामा तटबन्ध गर्ने कार्यसँगै स्थानीयको घर र खेतीयोग्य जग्गाको संरक्षण भएको छ ।तटबन्धसँगै १ सय ५० घरधुरी लाभान्वित बनेका हुन । चौराखोलामा तटबन्ध गरेपछि स्थानीयको घर बाढीको खतराबाट मुक्त भएको र ६० विघा खेतीयोग्य जमिनसमेत सुरक्षित भएको तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष राजकुमार पराजुलीले जानकारी दिए । तटबन्ध निर्माणपछि स्थानीयले खेती लगाउन खनजोत समेत सुरु गरेका छन ।
बागमती प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷८१ मा विनियोजन गरेको बजेटबाट तटबन्ध निर्माण गरिएको हो । प्रदेश सरकारले तटबन्धन निर्माण गर्न बागदाइ फाँट खेतीयोग्य जमिन बचाऊ आयोजनाका लागि ४० लाख रुपियाँ विनियोजन गरेको थियो । विनियोजित बजेटबाट उपभोक्ता समितिमार्फत १ सय ५७ मिटर भागमा तटबन्ध गर्ने कार्य सम्पन्न गरिएको छ ।







