राक्सिराङ र कैलाशमा लगाइएको गाँजा नष्ट

साझाकुरा
२०८० कार्तिक १७, शुक्रबार ११:४८

हेटौंडा- राक्सिराङ र कैलाश गाउँपालिकामा अवैध रुपले लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले विकट राक्सिराङ र कैलाशमा लगाइएको प्रतिबन्धित गाँजा फँडानी कार्यलाई तीव्रता दिएको छ । प्रहरीले चार दिनको अवधिमा एक सय साठ्ठी बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा फँडानी गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरीले राक्सिराङ गाउँपालिका वडा नम्बर–४ मादल सेन, रतुवा, वडा नम्बर–९को कोल्टे, धुरकोट, कात्तिके, अठारे गरी यस क्षेत्रमा ४ बिगाहा क्षेत्रमा लगाइएको गाँजा नष्ट गरिएको भण्डारीले बताए ।

यसैगरी, राक्सिराङ गाउँपालिका वडा नम्बर–३ सरिखेत पलाँसेमा २० बिगाहा १० कठ्ठा, कैलाश गाउँपालिका वडा नम्बर–३ को कालिकाटार, आँपचौर, भोगटार र वडा नम्बर–४ को तोकुवा, धुस्राङ्, देउतिसमा १३ बिगाहा ५ कठ्ठा लागूऔषध गाँजा फँडानी गरेको उनले जानकारी दिए । कात्तिक १२ गतेदेखि सुरु गाँजा फडानी अभियानअन्तर्गत् पहिलो दिन कात्तिक १२ गते ३ बिगाहा, ८ कठ्ठा, १३ गते ६१ बिगाहा, ३ कठ्ठा र १४ गते ५७ बिगाहा १५ कठ्ठा गाँजा फँडानी गरिएको हो ।

गत मंगलबार राक्सिराङ–९ रिचोपुङ, सिमलटार लोजा, वाङराङ, खोल्सी, रुञ्चेदाङ, चेउराङ क्षेत्रमा लगाएको २१ बिगाहा, राक्सिराङ–१ र २ नम्बर वडामा २७ बिगाहा ५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा फँडानी गरिएको छ । त्यस्तै, कैलाश–८ को वाक्सिराङ, सतपुर, पाख्रे र वडा नम्बर ७ को बिलाउने, देरवारीलगायत क्षेत्रमा ९ बिगाहा १० कठ्ठामा लगाइएको गाँजा फँडानी गरिएको डीएसपी भण्डारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*