बागमतीमा विपद्बाट ४१ जनाको मृत्यु ३८ परिवार प्रभावित
हेटौंडा- बागमती प्रदेशका अधिकांश जिल्लामा यसवर्षको मनसुनजन्य विपद्बाट ४१ जनाको मृत्यु र ३८ घरपरिवार प्रभावित भएका छन् ।मनसुनजन्य विपद् बाढी, पहिरो, डुबान र भु–स्खलनमा परेर तीन महिनाको अवधिमा ३८ परिवार प्रभावित भएका हुन् । मकवानपुर, चितवन, घादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, दोलखा, सिन्धुली र रामेछापमा विपद्बाट जनधनको क्षति भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि असोजसम्म प्राकृतिक र गैरप्राकृतिक विपद्मा परेर ४१ जनाको मृत्यु भएको छ । तीन महिनाको अवधिमा भएको ७१ विपद्जन्य घटनामा परेर एकसय ६ जना घाइते र १२ जना बेपत्ता भएका हुन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागती प्रदेश हेटौंडाको तथ्याड्ढअनुसार साउनमा ३९ विपद्जन्य घटनामा १७ जनाको मृत्यु भएको छ । साउनमा ३६ जना घाइते भए । प्राकृतिक विपद्मा परेर ६ जना र गैरप्राकृतिक विपद्मा परेर ११ जनाको मृत्यु भएको हो । जसमध्ये पहिरोमा ५ जना र भू–स्खलनमा एकजना परेका थिए । साउनमा गैरप्राकृतिक विपद्मा ११ जनाको मृत्यु भएको थियो । जनावर आतड्ढ २ जना, सर्पदंश एक जना र जल दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो भने ११ जना बेपत्ता भएकोे तथ्याड्ढ छ ।
भदौमा २२ विपद्जन्य घटनामा १९ जनाको मृत्यु हुँदा ६३ जना घाइते भएको मन्त्रालयले जानकारी दिएको छ । प्राकृतिक विपद्मा परेर ४ जना र गैरप्राकृतिक विपद्मा १५ जनाको मृत्यु भएको हो ।जसमध्ये पहिरोमा ३ जना, भुस्खलनमा १ जना, आगलागीमा २ जना, सडक दुर्घटनामा १० जना र जल दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए । यसैगरी, असोजमा १०विपद्जन्य घटनामा ५ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका थिए । दश घटनामध्ये पहिरोमा परी २ जना, आगलागीमा एक जना र जल दुर्घटनामा २ जनाको मृत्यु भएको थियो ।
बागमती प्रदेश सरकारले प्राकृतिक विपद्मा बाढी, पहिरो, डुबान, चट्याङ, हिमपहिरो, हुरी बतास, भुकम्प, भु–स्खलन, हिमपात, खडेरी, आँधी, असिना, शितलहर, अतिवृष्टि, हिमपात बिस्फोट, ज्वालामुखी र डढेलो र गैरप्राकृतिक विपद्मा आगलागी, जनावर आतंक, सर्पदंश, सडक दुर्घटना, जल दुर्घटना, हवाई दुर्घटना, ग्यास विष्फोटन, विषाक्त खाद्य सेवन, औद्योगिक दुर्घटना, महामारी, अनिकाल, किट, शुक्ष्म जिवाणु आतंक, बिषाक्त ग्यास, रसायन वा विकिरण चुहावट, प्याण्डामिक फ्लू, खानी दुर्घटना र वातावरणीय प्रदुषणलाई समावेश गरेको छ ।







