पेस्तोल देखाएर धम्क्याउने पक्राउ
हेटौंडा- हेटौंडामा नक्कली पेस्तोल देखाएर समुदायमा आतंक मच्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।प्लाष्टिकको पेस्तोल देखाएर मानिसलाई धम्क्याउँदै हिँडेको आरोपमा हेटौंडा–१५ शिखरपानीका स्थानीय १९ बर्षीय साजन स्याङ्तानलाई नक्कली पेस्तोलसहित मकवानपुर प्रहरीले पक्राउ गरेको हो । आरोपितले शिखरपानीका मानिसहरुलाई प्लास्टिकको नक्कली पेस्तोल देखाई धम्काउने र दुःख दिने गरेको भन्ने सूचनाका आधारमा नक्कली पेस्तोलसहित नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । पक्राउ परेका स्याङ्तानमाथि आवश्यक अनुसन्धानका लागि अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको प्रनाउ भण्डारीले बताएका छन् ।







