जाजरकोट भूकम्प : मृतकको संख्या ७२ पुग्यो

साझाकुरा
२०८० कार्तिक १८, शनिबार ०८:३७

काठमाडौं- शरक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमगरी ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। थप विवरण आउने क्रम जारी छ । जाजरकोट अस्पताल विकास समितिका अध्यक्ष डम्बरबहादुर सिंहका अनुसार अस्पतालमा ल्याइएकामध्ये ३७ जनाको निधन भएको छ भने घाइतेहरू ल्याउने क्रम जारी रहेको छ । यसैगरी रुकुम पश्चिममा ३५ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक नमराज भट्टराईका अनुसार आठविसकोट नगरपालिकमा २८ जना र सानी भेरी गाउँपालिकामा ७ जना गरी ३५ जनाको मृत्यु भएको छ।जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राति ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*