लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ
हेटौँडा- मकवानपुर प्रहरीले शनिबार साँझ लागूऔषध खैरो हेरोइनहित दुई जनालाई पक्राउ गरेको छ ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत् हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चोकपोष्टबाट प्रहरीले लागूऔषध खैरो हेरोइन ८ ग्रामसहित चितवन भरतपुरका–१२, नौरंगेका ३३ वर्षीय विशाल दराई र भरतपुर महानगरपालिका–९ का २३ वर्षीय अमृत दूरालाई नियन्त्रणमा लिएको जनाएको छ ।वीरगंजबाट काठमाडौं जाँदै गरेको बा. प्र. ०३–००१ ख १७२६ नम्बर यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा दराई र दूरालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले हिरसातमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।







