रोटरी क्लबद्वारा १८५ जनाको निःशुल्क दन्त परीक्षण

साझाकुरा
२०८० कार्तिक १९, आईतवार १३:०१

हेटौँडा- रोटरी क्लब अफ हेटौँडा र रोट्र्याक्ट क्लब अफ हेटौँडाको संयुक्त आयोजनामा मकवानपुरको मनहरी गाउँपालिका–३, हाँडीखोलामा निःशुल्क दन्त शिविर आयोजना गरिएको छ ।रोटरी कम्युनिटी कप्र्स (आरसीसी) को स्थानीय समन्वय र मनहरी ३ नम्बर वडाको संयोजनमा शिविरको आयोजना गरिएको हो । शिविरमा बालबालिकादेखि ८५ वर्षसम्मका बृद्धबृद्धासहित एक सय ८५ जनाले दन्त परीक्षण गराएका थिए । शिविरमा आवश्यकताअनुसार औषधि पनि निःशुल्क वितरण गरिएको थियो । एभरेष्ट डेन्टल क्लिनिक र पूजा दाँत घरको प्राविधिक सहयोग तथा डा. मनोजकुमार उपाध्यायको नेतृत्वमा ५ जना दन्त चिकित्सकहरुले दन्त परीक्षण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*