प्रदेश प्रमुख शर्माद्वारा समवेदना व्यक्त

साझाकुरा
२०८० कार्तिक २०, सोमबार ०८:५६

हेटौंडा- बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई पहाडी जिल्ला जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी मृत्यु भएकाहरुको परिवारजनमा समवेदान व्यक्त गरेका छन् ।शर्माले गत शुक्रबार आएको विनासकारी भूकम्पमा दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । प्रदेश प्रमुख शर्माले शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्पले पारेको क्षतिका सन्दर्भमा आइतबार प्रेस विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेका हुन ।

प्रमुख शर्माले यस घटनाले पु¥याएको अपूरणीय क्षतिका कारण सिंगो देश नै स्तब्ध भएको उल्लेख गरेका छन् । घटनाले आफू अत्यन्त मर्माहत भएको उनको विज्ञप्तिमा उल्लेख छ । ‘भूकम्पबाट पुगेको ठूलो मानवीय तथा भौतिक क्षतिको खबरले मलाई अत्यन्त मर्माहत तुल्याएको छ ।’, शर्माले भने, ‘विशेषगरी पश्चिम नेपालको दुई पहाडी जिल्ला जाजरकोट र रुकुम पश्चिममा यस घटनाले पु¥याएको अपूरणीय क्षतिका कारण सिंगो देश स्तब्ध भएको छ ।’,

प्रदेश प्रमुख शर्माले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी खोज, उद्दार, स्वास्थ्योपचार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित पक्षलाई अपील गरेका छन । साथै यस्ता प्रकोपपछि उत्पन्न हुनसक्ने माहामारीप्रति सजग, सचेत र उद्धारको तयारीका लागि समेत सबैसँग प्रमुख शर्माले आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*