टीभीएस च्याम्पियन्स एक्सचेन्ज मेला आजबाट
हेटौंडा- जगदम्बा मोटर्सको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टले बाइपास रोड नजिक टिभिएसको ‘च्याम्पियन्स एक्सचेन्ज’ मेला गर्ने भएको छ ।आज सोमबारदेखि कात्तिक २५ गते शनिवारसम्म सञ्चालन हुने टिभिएसको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टका सञ्चालक प्रवेशराज बरुवालले जानकारी दिए । दशैं तिहारलगायत विभिन्न चाडपर्वको अवसरमा टिभिएसले ल्याएको ‘हर मोडमा उमंग’अफर अन्तर्गतका छुटहरुसहित अन्य विशेष सुविधा एक्सचेन्ज मेलामा ग्राहकले प्राप्त गर्ने मार्टका अर्का संचालक कञ्चन बुढाथोकीले बताए ।
उनका अनुसार पुराना जुनसुकै मोटरसाईकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ टिभिएस मोटरसाइकल तथा स्कुटर विशेष छुटमा खरिद गर्ने अवसर ग्राहकलाई मिल्नेछ । टिभिएसका मोटरसाईकल तथा स्कुटर खरिदमा ग्राहकले १० लाख रुपैयाँसम्म जित्ने मौका प्राप्त गर्न सक्नेछन । यस योजनाअन्तर्गत नकिन्दै एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाख रुपैयाँसम्म जित्ने मौका छ । हरेक महिना १०० प्रतिशत क्यास ब्याक जित्ने अवसरका साथ एक भाग्यशाली विजेताले बम्परमा १० लाखसम्म जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ ।
यसैगरी, कम्पनीले मोटरसाईकल तथा स्कुटर एक्सचेन्जमा १० हजारसम्म थप मूल्यांकन तथा शुन्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउनपेमेन्टमा मोटरसाईकल तथा स्कुटर खरिद गर्नसक्नेछन । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आकर्षक अफरहरुसहित च्याम्पियन्स एक्सचेन्ज अफरको घोषणा गरेसँगै टिभिएसका मोटरसाईकल तथा स्कुटरको ईन्जिनमा लाईफटाईम वारेन्टीको व्यवस्था गरेको हेटौंडा अटो मोटर्सले जनाएको छ ।







