अनलाइन ठगीको आरोपमा हेटौंडाका श्रेष्ठ पक्राउ
हेटौंडा- अनलाइनमार्फत् हुने डिजिटल ठगीको आरोपमा प्रहरीले हेटौंडा एक युवकलाई काठमाडौंबाट पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम आइडीमार्फत् १९ लाख २५ हजार रुपैयाँ ठगी गर्ने हेटौंडाका २३ वर्षीय शिरीष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार श्रेष्ठले विभिन्न अनलाइन आइडीबाट साथी बनाइ माया प्रेमको प्रपञ्चमा पारी मिलियन डलर, आइफोन, घडी, गरगहना, ल्यापटपलगायतका सामानहरु गिफ्ट पठाएको फोटो, भिडियो पठाइ विभिन्न देशका भन्सार कार्यालयहरुमा सामान आइपुगेको भन्दै रकम लिने गरेको आरोप श्रेष्ठमाथि छ ।
यस्तै, विविध प्रयोजनमा उनले विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खातामा १९ लाख २५ हजार रुपैयाँ रकम पठाउन लगाई स्थायी घर हेटौंडा उपमहानगरपालिका–१५ भई हाल काठमाडौं बस्दै आएका श्रेष्ठलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा राखिएको छ ।







