नाबालकलाई ठक्कर दिएर मोटरसाइकल फरार
हेटौंडा- जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालि–९, स्थित ज्यामिरेमा नाबालकलाई मोटरसाइकलले ठक्कर दिएको छ ।ज्यामिरेमा ५ वर्षीया नाबालकलाई ठक्कर दिएर मोटरसाइकल फरार भएको हो । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत् चितवनबाट हेटौंडातर्फ आउँदै गरेको भे ८ प ६७८५ नम्बरको मोटरसाइकलले पैदलयात्री नाबालकलाई ठक्कर दिएर भागेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । बालकको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकलको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।







